|

काठमाडौंः राष्ट्रिय जनता पार्टीले स्वतन्त्र मधेस गठबन्धनसंग भएको सम्झौताबारे सदनलाई स्पष्ट पार्न सरकारको ध्यानाकर्षण गराएको छ।

प्रतिनिधिसभाको आइतबारको बैठकको ढ्याप ढ्यापे समयमा बोल्दै राष्ट्रिय जनता पार्टीका सांसद महेन्द्र राय यादवले स्वतन्त्र मधेस गठबन्धनसंग सरकारले गरेको सम्झौता सकारात्मक भएपनि सम्झौता भित्र उल्लेखित विषयबारे सरकारले सदनमा स्पष्ट पार्नुपर्ने बताए।

सम्झौतासंगै राष्ट्र विखण्डन र स्वतन्त्र मधेसबारे जनतमत संग्रह चर्चा चलेको भन्दै उहाँले के सरकारले विखण्डनलाई मान्यता दिएको हो भनी प्रश्न गरे। उनले भने “विखण्डनलाई सरकारले मान्यता दिएको हो? हो भने आज देशमा हामी चाहन्छौ विखण्डनको कुनै पनि एजेण्डा बन्नु हुँदैन। कुनै पनि पार्टीलाई मान्यता दिनु हुँदैन। सरकारले त्यसलाई कसरी मान्यता दिएको छ? यसबारे सरकारको जवाफ चाहन्छौ।”

उनले स्वतन्त्र मधेसको बारेमा मधेसमा जनमत संग्रह गराउने सहमति भएको भए नया द्धन्द्धको श्रृजना हुने चेतावनी दिए।

उनले भने “के छ जनमत संग्रहको बारेमा ? सरकारको आन्तरिक सम्झौता के हो?”

उनले विभिन्न समयमा राजपासंग गरेका सम्झौता कार्यान्वय भएन भने मुलुकमा गम्भीर परिस्थिति श्रृजना हुने चेतावनी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.