समाज

मुस्ताङको हिउँमा मरे १२ सय चौपाया
SHARES

तस्विर– पेमा गुरुङ
फागुन २८, २०७५

    पोखरा : एक महिना भन्दा लामो हिमपातका कारण हिमालपारिको जिल्ला मुस्ताङमा मात्रै करिब १२ सय पशु चौपाया मरेका छन्।  मुस्ताङको लोमान्थाङ गाउँपालिका ३, ४ र ५ वडाका किसानहरुको पशु चौपाय मरेको प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायब उपरीक्षक गोविन्द पुरीले जानकारी दिए। 

    ‘फागुनको दोस्रो हप्तादेखि अति नै हिउँ पर्‍यो’ पुरीले भने, ‘गाउँलेले हिउँमा पुरिएर चौँरी, याक, लगायतका पशु चौपाया मरेको भनेर जानकारी गराएपछि मुस्ताङ जिप्रकाबाट प्रहरीहरू खटेर क्षतिको विवरण संकलन सुरु गरेको हो। अझै पनि कतिपय ठाउँमा हिउँले जान नसकेकोले विवरण संकलनमा पनि समस्या भएको छ।’

    त्यस्तै मुस्ताङकै थासाङ गाउँपलिका २ का गोविन्द शेरचनका ८ वटा चौँरी गाई हिमपहिरोमा परेर मरेको स्थानीयलाई उद्धृत गर्दै  प्रहरीले जनाएको छ। हिमपातले ५५ जना किसानको भेडा च्याङ्ग्रा मरे। लोमान्थाङका ल्हाक्पा गुरुङको गोठमा पनि सयौँका संख्यामा च्याङ्ग्राहरु मरेको स्थानीयले बताएका छन्।

    स्थानीय पेमा गुरुङका अनुसार किसानहरू सरकारको सहयोगका आसमा बसेका छन्। आफ्नो जीविकोपार्जनको स्रोत नै हिउँले सखाप पारेपछि स्थानीयहरु चिन्तामा परेका छन् । हिउँले करोडौँ मूल्यको पशुचौपाय मारेको स्थानीयको भनाइ छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]