समाज : सुरक्षा/अपराध

मालपोतका नासुसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
SHARES

चैत १, २०७५

    काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय रंगेली, मोरङका नायब सुब्बा प्रदीप घिमिरेसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ। मोरङको साविक सिजुवा गाविस ८ मा रहेको जग्गाको मूल्य कम मूल्यांकन गरी राजश्वसमेत घोटाला गरेको आरोपमा उनीहरूविरुद्ध शुक्रबार विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता भएको हो।

    कार्यालयका अर्का नायब सुब्बा देवीप्रसाद लुइटेल, सिजुवा गाविसका बहिदार नन्दलाल राजबंशी, रतुवामाई नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष दानालाल रावबंशी, साविक इटहरी गाविसका जग्गा विक्रेता दुर्गा निरौला, धरानको धरान उपमहानगरपालिका १८ का जग्गा खरिद गर्ने हस्तराज ओखराबु (लिम्बू) र पथरी शनिश्चरे नगरपालिका १ का जग्गा खरिदकर्ता सूर्यबहादुर श्रेष्ठविरुद्ध मुद्दा दर्ता भएको हो। तत्कालीन अवस्थामा ३३ लाख ३७ हजार ५ सय रुपैयाँ पर्ने जग्गालाई २९ लाख ९० हजार मात्र देखाई राजश्व छलेको अख्तियारले जनाएको छ।

    विस २०७४ साल माघ ३ गते कारोबार भएको उक्त जग्गाको २९ लाख ९० हजार थैली राखी रजिष्ट्रेशन पारित गरी ५ प्रतिशत पूँजीगत लाभकरसमेत घोटाला गरेको अख्तियारले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]