|

लहान : सप्तरीको बोदेबर्साइन नगरपालिका २ मा ट्याक्टर पल्टिँदा घाइते भएका चालकको उपचारको क्रममा मृत्यु भएको  छ।

बोदेबर्साइन– विष्णुपुर भित्री सड्क खण्डमा शुक्रबार दिउँसो करिब साढे १२ बजेतिर स१त २२६६ को खाली ट्क्याटर आफैँ अनियन्त्रित भई सडक किनारमा पल्टिँदा घाइते भएका चालक २४ वर्षीय प्रमोद राउतको उपचारको क्रमा लहानमा मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार ट्याक्टर पल्टिँदा च्यापिएर गम्भीर घाइते भएका राउतलाई तत्काल उद्धार गरी लहानस्थित रामकुमार उमा प्रसाद स्मारक अस्पतालमा भर्ना गरिएको भएपनि उपचारको क्रममा मृत्यु भएको हो।

बोदेबर्साइन नगरपालिका ४ घर भएका चालक राउतको ट्रयाक्टर पल्टिँदा टाउको तथा शरीरका अन्य भागमा गम्भीर चोटपटक लागेको थियो। उनको शव पोष्टमार्टमका लागि अस्पतालमै राखिएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.