|

उदयपुर : टिपरको ठक्करबाट गम्भीर घाइते भएकी महिलाको मृत्यु भएको छ। टिपरलाई ओभरटेक गर्नेक्रममा मोटरसाइकलको पछाडि सवार महिलाको उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो।

ईलाम नगरपालिका ८ बस्ने ५२ वर्षीय महेश राई र पछाडि सवार निजकै श्रीमती ५० वर्षीया युरोपिया राई गम्भीर घाइते भएका थिए। जिल्ला प्रहरी प्रमुख एसपी चन्द्रदेव राईले उपचारको लागि नोबेल अस्पताल लैजाँदै गर्दा मृत्यु भएको बताए।

शुक्रबार चौडण्डीगढी नगरपालिका ५ सिवाई चोकमा फत्तेपुरबाट सिवाई तर्फ आउँदै गरेको को१ख ६३८८ नम्बरको टिपरलाई ओभरट्याक गर्ने क्रममा बा३७प ८८३६ नम्बरको मोटरसाइकले सोही टिपरसँग ठक्कर खाँदा गम्भीर घाइते भएकी युरोपियाको मृत्यु भएको हो।

टिपर र टिपर चालक जिल्ला सुनसरी बराह नगरपालिका ४ बस्ने २९ वर्षीय अर्जुन चौधरी ईलाका प्रहरी कार्यालय बेल्टारको नियन्त्रण लिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.