|

विराटनगर : मोरङको विराटनगरमा जारी साफ महिला च्याम्पियनसिप फुटबलमा शनिबार नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ। 

समूह चरणका अन्तिम खेल दिउँसो ३ बजे शहीद रंगशालामा हुनेछ। दुवै टिम सेमिफाइनलमा पुगिसकेकाले बिहीबारको नतिजाले समूह ‘ए’को विजेता र उपविजेताको टुंगो लगाउनेछ। घरेलु मैदानको भरपुर उपयोग गर्दै नेपाल समूह विजेता बन्ने दाउमा रहेको छ।

नेपाल र बंगलादेशले भुटानलाई पराजित गर्दै समान तीन अंक जोडेका छन्। दुवै खेलमा पराजय भोगेपछि भुटान प्रतियोगिताबाट बाहिरिसकेको छ।

नेपाल पहिलोदेखि तेस्रो संस्करणसम्मको उपविजेता र बंगलादेश अघिल्लो संस्करणको उपविजेता हो। नेपाल र बंगलादेशबीच अहिलेसम्म भएका पाँच खेलमा नेपालले चार खेलमा जित र एकमा बराबरी गरेको छ। इतिहास आफ्नो पक्षमा भएकाले बंगलादेशविरुद्ध जित निकाल्नु त्यति कठिन नभएको नेपाली टोलीको बुझाइ छ। प्रशिक्षक हरि खड्काले बंगलादेशमा केही राम्रा खेलाडी रहेकाले उनीहरुलाई रोक्ने रणनीतिमा केन्द्रित हुने बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.