|

हेटौँडा : बर्डफ्लु प्रभावित क्षेत्रमा नष्ट गरिकएको कुखुरा राम्ररी नपुर्दा समस्या भएको छ। हेटौँडा उपमहानगरपालिका–७ मा शनिबार राति १२ बजेसम्म कुखुरा नष्ट गरिएको थियो। 

नष्ट गरिएका कुखुरा खोल्डोमा हालेर माटोले राम्रोसँग पुरिएको छैन। राम्ररी नपुरिएकाले कुकुर र कागलगायतका पंक्षीले कुखुराबाहिर लाने गरेको स्थानीय राजुबाबु श्रेष्ठले बताए। कुखुरा राम्रोसँग नपुर्ने हो भने स्वास्थ्य जोखिम बढ्ने त्रास स्थानीयमा रहेको उनको भनाइ छ।

आइतबार पनि कुखुरा नष्ट गर्ने कार्यक्रम छ। ती कुखुराहरु राम्ररी पुर्न सम्बन्धित निकायलाई प्रभावित क्षेत्रका स्थानीयले आग्रह गरेका छन्। उक्त क्षेत्रमा २१ जना प्राविधिकले आइतबार बिहानदेखि कुखुरा नष्ट गरिरहेका छन्। 

यो पनि पढ्नुहोस्

मकवानपुरमा बर्डफ्लु भेटियो

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.