|

गुल्मी :  जिल्लाको चन्द्रकोट गाउँपालिका-१ मा रहेको सुन्तली परियारको कच्ची घरमामा आइतबार बिहान आगलागी हुँदा घर जलेर नष्ट भएको छ। जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी निरीक्षक रवीन्द्रबहादुर खडकाका अनुसार आइतबार बिहान भैँसीलाई कुँडो पकाउनका लागि आगो सल्काएर अन्य घरयासी काम गर्न लाग्दा आगो अनियन्त्रित भएर घर जलेको हो।

खडकाका अनुसार घर जलेर पूर्णरुपमा नष्ट भएको बताए।  उनले आगलागीबाट करिब ४ लाख ५० हजार रुपैयाँ जति क्षति भएको बताए। आगलागीमा कुनै मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.