|
फाइल फोटो

काठमाडौं : सत्तारुढ नेकपा माओवादी केन्द्रको हेडक्वाटर बैठक शुक्रबार बस्दैछ। दिउँसो १ बजे पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निजी निवास लाजिम्पाटमा बस्ने बैठकले संविधान संसोधन विधयेक संसदमा दर्ता भएपछि उत्पन्न समसामयिक परिस्थितीबारे छलफल गर्ने नेता अग्नी सापकोटाले जानकारी दिए। 

विधयेक राष्ट्रहित विपरित भएको भन्दै प्रमुख विपक्षी दल नेकपा एमालेले संसद चल्न नदिएको र आन्दोलनरत संघीय गठबन्धनले समेत अस्विकार गर्ने निर्णय गरेकाले अब कसरी अघि बढ्ने भन्ने रणनीति तय गर्नेछ। 

पार्टीको संगठात्मक एजेण्डा, कार्यविभाजन लगायतका विषयमा पनि बैठकमा कुराकानी हुने नेता सापकोटाले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.