|
फाइल फाेटाे

जनकपुर : प्रदेश २ को सरकारले उद्योग प्रवर्द्धनको लागि २० वर्ष कुनै कर नलिने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय लिएको हो।

बैठकले आवश्यक परे जमिनसमेत उपलब्ध गराउने भएको छ। औद्योगिक सुरक्षाका लागि सुरक्षा बल गठन गरेर सुरक्षा प्रदान गर्ने निर्णय गरेको मुख्यमन्त्री लालबाबु राउतले जानकारी दिए। उद्योगका लागि भूमि व्यवस्थापन गर्ने, बिजुली प्रदान गर्ने तथा ३ घण्टाभित्रै उद्योग दर्ता प्रक्रिया पूरा गर्ने बैठकले निर्णय गरेको छ।

लगानी कर्ताहरूलाई आकर्षण गर्न प्रदेश सरकारहरूले विभिन्न किसिमका योजना सार्वजनिक गर्दै आएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.