|

चितवन : नारायणगढ मुग्लिन सडकखण्डको कालीखोला नजिक २ नम्बर पुलको ठाडो खोलामा ट्रक खस्दा मृत्यु हुने र घाइते भएका ४ जनाको परिचय खुलेको छ। मृत्यु हुनेमा मकवानपुरको हेटौँडा उपमहानगरपालिकाका ३५ वर्षीय मधुकर पुडासैनी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

यस्तै चितवन ईच्छाकामना गाउँपालिका ६ की १७ वर्षीया प्रमिला गुरुङ, सोही स्थानकी १७ वर्षीया कञ्चन गुरुङ, ट्रक चालक माडी नगरपालीका ११ का ४० वर्षीय सञ्जय महत्तो र भारत विहार मोतिहारीका २८ वर्षीय अनुवर मिया घाइते भएका छन्। घाइते चारै जनाको भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

मुग्लिनबाट नारायगढतर्फ आउँदै गरेको ना ५ ख १४३ नम्बरको खाली ट्रक मंगलबार बिहान ७:१५ बजे ईच्छाकामना गाँउपालिका-५ कालीखोला नजिकै ठाडो खोलामा अनियन्त्रित भई सडकबाट करिव ७० मिटर तल खसेको थियो। ट्रक घटनास्थलमै रहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.