|

धनकुटा : होली खेल्ने क्रममा सुनसरीको धरानमा दुई समूहबीच झगडा हुँदा एक जनाको मृत्यु भएको छ। धरान–७ बगैँचा लाइनमा छुरी प्रहारबाट धरान–८ का २० वर्षीय निमा तामाङको मृत्यु भएको हो।

उनको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा साँझ साढे ५ बजेतिर निधन भएको प्रतिष्ठान प्रहरी पोष्टले जनाएको छ। झडपमा अर्का एक जना घाइते भएका छन्। घाइते हुनेमा धरान–८ कै १७ वर्षीय मिलन बिक रहेको प्रहरीले जनाएको छ। उनको छातीमा सामान्य चोट लागेको छ।

मृतक तामाङको भने छातीको दाँहिने भागमा छुरी प्रहार भएको थियो। घटना साढे ३ बजेतिर भएको हो। घटनामा चार जनाको समूहले प्रहार गरेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ। उनीहरू फरार रहेकाले प्रहरीले खोजी भइरहेको इलाका प्रहरी कार्यलय धरानका प्रमुख डिएसपी सुमन तिम्सिनाले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.