|

काठमाडौं : काठमाडौंको भृकुटीमण्डपमा शुक्रबारदेखि २२ औँ पुष्प व्यापार मेला सुरु भएको छ। 'फ्लोरी कल्चर एशोसियसन नेपाल'को आयोजनामा सुरु भएको मेला ३ दिनसम्म चल्ने आयोजकले जनाएको छ।

कृषि विकाष मन्त्रालयको सहयोगमा सञ्चालित मेलाको उद्घाटन कृषि तथा पशुपन्क्षी विकास राज्यमन्त्री बालकुमारी चौधरीले गरिन्। उनले कार्यक्रमको उद्घाटन गर्दे नेपाल कृषि प्रदान देश रहेकोले फूलको उत्पादन बढाउनुपर्ने बताइन्। उनले नेपालको समृद्धि र विकासका निम्ति पुष्प व्यापारले ठूलो भूमिका खेल्ने धारणा राखिन्।

फूलप्रतिको महिमाबारे बोल्दै कृषि तथा पशुपन्क्षी विकास राज्यमन्त्री चौधरीले नेपाल जस्तो सांस्कृतिक तथा धार्मिक देशमा फूलको महत्त्व अझ बढी रहेको बताइन्।

'फ्लोरी कल्चर एशोसियसन नेपालका अध्यक्ष कुमार कसोजु श्रेष्ठले पुष्प मेलाले उत्पादक र उपभोक्ता बीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन मद्दत गर्ने धारणा व्यक्त गरे। उनले पुष्प व्यापारमा हुने विचौलियाको चलखेललाई पूर्णरूपमा बन्द गर्न मेलाले ठूलो भूमिका खेल्न बताए।

गत वर्ष पुष्प मेलामा ३ करोडको व्यापार भएको बताउँँदै उनले यसपाली पनि ३ करोडभन्दा माथिको व्यापार गर्ने लक्ष्य रहेको बताए। मेलामा देशी र विदेशी गरी ८४ वटा स्टल छन्। मेलामा ४० देखि ६० हजार रुपैयाँसम्म पर्ने फूल प्रदर्शनी तथा बिक्रीमा राखिएको छ।

फोटो

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.