|

कञ्चनपुर : बलात्कार पछि हत्या गरिएकी १३ वर्षीया किशाेरी निर्मला पन्त प्रकरणका अभियुक्त केन्द्रीय अनुसन्धान व्यूरो (सिआईवी) का तत्कालीन प्रहरी नायव उपरीक्षक अंगुर जिसी सँगको सोमबार बयान लिने क्रम नसकिएपछि जिल्ला प्रहरी कार्यालय जिम्मा लगाइएको छ। 

कञ्चनपुर जिल्ला अदालतमा सोमबार ११ बजे उपस्थित भएका जिसीसँग अदालतका न्यायाधीश डा राजेन्द्रकुमार आर्चायको उपस्थितिमा बयान लिइएको छ। बयान लिने क्रम नसकिए पछि मंगलबार अदालतमा उपस्थित हुने गरी प्रहरी जिम्मा लगाइएको जिल्ला अदालतका श्रेष्तेदार हरिकृष्ण अवस्थीले बताए। 

निर्मलाकी आमा दुर्गादेवी पन्तले सार्वजनिक न्याय विरुद्धको कसुर  र दीलिप बिष्टका दाजु खडक बिष्टले यातना विरुद्धको कसुरमा जिसीविरुद्ध अदालतमा मुद्दा दर्ता गरेका थिए। उक्त मुद्दामा फरार रहेका जिसी आफैँ अदालतमा उपस्थित भएका छन्। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.