|

काठमाडौं : सरकारले ‘लगानी सम्मेलन २०१९’ को तयारी पूरा भएको जनाएको छ। मंगलबार बैठक तयारीको लागि सिंहदरबार राखिएको समीक्षा बैठकपछि लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) महाप्रसाद अधिकारीले सम्मेलको तयारी पूरा भएको बताए।

सम्मेलनमा ६०० बढी विदेशी लगानीकर्तासहित गैरआवसीय नेपाली र नेपाली व्यवसायीसमेत गरी एक हजार लगानीकर्ताको सहभागित हुने बोर्डले जनाएको छ। सम्मेलनको क्रममा सरकारका ५० र निजी क्षेत्रका २७ गरी लगानी सम्भाव्यता भएका ७७ परियोजना 'शोकेस' (सम्मेलनमा प्रस्तुत गरिने) मा राख्ने तयारी गरिएको सिइओ अधिकारीले बताए।

उनले सम्मेलनमा भाग लिन लगानीकर्ताहरू आउने क्रम सुरु भएको पनि बताए। सबैभन्दा बढी बिहीबार लगानीकर्ता आउने र त्यस दिन लगानीकर्तासँग विभिन्न विषयमा छलफल राखिएको अधिकारीको भनाइ छ।

अर्थमन्त्री डा. युवराज खतिवडाले लगानी सम्मेलनको क्रममा एक दर्जन परियोजनामा सम्झौता गर्न लगानीकर्ता इच्छुक देखिएको बताए। प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मेलनको क्रममा अतिथिलाई गुणस्तरीय सेवा दिने गरी व्यवस्थापन गर्नको लागि निदर्शन दिएको सिइओ अधिकारीकारीले बताए।

सरकारले चैत १५ र १६ गते लगानी सम्मेलन राखेको छ। सम्मेलको लागि ३५ खर्ब रुपैयाँभन्दा बढी आयोजना 'शोकेस'मा राख्ने तयारी गरेको छ। सम्मेलनमा भाग लिनको लागि ४० देशबाट प्रतिनिधिले नाम टिपाएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.