|

सुनसरी : अखिल नेपाल फुटबल संघ एन्फाले प्रदेश १ बाट उमेर समूहका खेलाडीको छनाेट सुरु गरेको छ। बिभिन्न जिल्लाबाट छनाेट भएर आएका मध्येबाट प्रदेश १ का लागि १६ वर्षमुनि र १३ वर्षमुनिका खेलाडी छनोट सुनसरीको दुहबीमा सुरु भएको एन्फा सुनसरी अध्यक्ष केशव कार्कीले जानकारी दिए।

दुहबी रंगशालामा शुक्रबारबाट सुरु भएको छनोट कार्य आगामी बैशाख १ गतेसम्म जारी रहनेछ। प्रदेश १ अन्तर्गत सुनसरी, मोरङ, झापा, उदयपुर, सप्तरी, खोटाङका खेलाडीबाट कम्तिमा ५० जना उत्कृष्ट खेलाडी छनाेट गरिने कार्कीले जानकारी दिए। जसबाट १३ वर्ष मुनिका खेलाडी एकेडेमीमा राखिने छ। छनाेटका लागि एन्फाका प्रशिक्षक बालगोपाल महर्जन र राजेश मान्धर लगायतको छनाेट टोली सुनसरी आएको छ।

एन्फाले यस कार्यक्रमबाट खेलाडीको क्षमता र खेल विकासमा ध्यान पुर्‍याउने जनाएको छ। सातै प्रदेशमा छनोटका क्रममा १३ वर्षमुनिका ७५ जना खेलाडीलाई एन्फाको धरान एकेडेमी, बुटवल एकेडेमी र ललितपुरस्थित एन्फा एकेडेमी राखिनेछ। १६ वर्ष मुनिका खेलाडीलाई भने छनोट गर्दै राष्ट्रिय टोलीका लागि तयार गरिने अध्यक्ष कार्कीले जानकारी दिए।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.