|

काठमाडौं : संसदको गतिरोध हटाउने विषयमा बिहीबार सभामुख ओनसरी घर्तीले प्रमुख दलका शीर्ष नेताहरुसँग छुट्टाछुट्टै छलफल गर्दै छिन्।

सभामुख घर्तीले बिहीबार दिउँसो १२ बजेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग आफ्नै कार्यकक्ष सिंहदरबारमा छुट्टाछुट्टै छलफल गर्न लागेको जानकारी दिइन्। 

सभामुख घर्तीले दलहरुबीच बढ्दै गएको तिक्तता र संसदमा उत्पन्न गतिरोध हटाउने विषयमा नेताहरुसँग कुराकानी हुने बताइन्। संविधान जारी गर्दा मिलेका दलहरु संविधान कार्यान्वयनमा पनि मिल्नुको विकल्प नभएको भन्दै उनले त्यसका लागि उपयुक्त वातावरण तयार गर्ने प्रयास स्वरुप आफूले छलफल गर्न लागेको बताइन्। 

प्रमुख तीनै दलका शीर्ष नेतासँग संयुक्त भेट्ने प्रयास गरेपनि नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड काठमाडौं बाहिर रहेकाले शुक्रबार बिहान छलफल गर्ने सभामुख घर्तीले बताइन्। शनिबार चार दिने भ्रमणका लागि दुबई जाने तयारीमा रहेकी सभामुख घर्तीले त्यो बीचमा दलहरुबीच संवादको वातावरण निर्माण गर्न प्रयास थालेकी हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.