|

इन्डियन प्रिमियर लिग सिजन १२ को ३७ औँ खेलमा दिल्ली क्यापिटल्सबाट खेलिरहेका नेपाली बलर सन्दीप लामिछानेले एकै ओभरमा किंग्स एलेवन पञ्जावका दुई खेलाडीलाई आउट गरेका छन। सन्दीपले पञ्जावका क्रिश गेल र साम करनलाई आउट गरेका हुन्।

१२.२ ओभरमा ६८ रन जोडेका क्रिश गेललाई आउट गरेका सन्दीपले १२.६ ओभरमा साम करनलाई शून्य रनमा आउट गरेका थिए। पञ्जावका ओपनर केएल राहुललाई पनि सन्दीपले नै आउट गरेका थिए। राहुल व्यक्तिगत १२ रनमा आउट भएका थिए।

सन्दीपले यो खेलमा व्यक्तिगत ३ विकेट लिएका छन। उनले तीन ओभर बलिङ गर्दै ३३ रन खर्चेर ३ विकेट लिएका हुन।

सन्दीपले जारी आइपिएलको सिजनमा ६ विकेट लिएका छन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.