|

काठमाडौं : देशका पहाडी तथा तराईका भेगहरुको मौसम आंसिकदेखि समान्य बदली भएर पानी पर्ने जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ।

मंगलबार दिउँसो देशको पूर्वी तथा मध्य भू–भागका केहि स्थानमा र पश्चिमी भूभागका थोरै स्थानमा मेघ गर्जन र हुरीबताससहित हल्का वर्षाको संभावना छ। मध्ये तथा पूर्वी तराईका क्षेत्रहरुमा भने अहिले मंगलबार विहान मेघर्गनसहितको समान्य वर्षा भइरहेको महाशाखाकी मौसमविद गंगा नगरकोटीले जानकारी दिइन्। 

उच्च हिमाली भूभागहरुका केहि स्थानहरुमा हिमपातको समेत सम्भावाना रहेको छ। मंगरबार राति पनि देशको पूर्वी तथा मध्य भूभागका केहि स्थानमा र पश्चिमी भूभागका थोरै स्थानमा मेघ गर्जन र हुरीबताससहित पानी पर्ने महाशाखाले जनाएको छ। काठमाडौं उपत्यकाको न्युनतम तापक्रम १३ डिग्री सेल्सियस मापन भएको छ। दिउँसो बढेर २६ देखि २८ डिग्री सेल्सियस सम्म पुग्न सक्ने अनुमान गरिएको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.