|

मुगु : छायानाथ रारा नगरपालिकाको मदिरा निधेष गर्ने निर्णय कार्यान्वय नगर्न उच्च अदालत सुर्खेतले अन्तरिम आदेश दिएको छ। सोमबार उच्च अदालत सुर्खेतका न्यायाधीश राकेशकुमार निधिको एकल इजालासले नगरपालिकाको निर्णय कार्यान्वयन नर्ग अन्तिरिम आदेश दिएको हो। 

छायानाथ रारा नगरपालिकाले गत मसिर १ मा नगरपालिकालाई मदिरा निषेधित नगरपालिका घोषणा गरेको थियो। अदालतले मदिरा नियन्त्रण ऐन २०३१ अनुसार इजाजत लिएर मदिरा बेचबिखन गर्न पाउने व्यवसायीको अधिकार भएको भन्दै बन्द गर्न नहुने अन्तिरिम आदेश जारी गरेको जिल्ला अदालत जुम्लाका सुब्बा रामेश्वर न्यौंपानेले जानकारी दिए । 

नेपाल सरकारले नियम बनाएर मदिरा कारोबार गर्न चाहने व्यवसायीका लागि बाटो खुला गरिदिएको अवस्थामा नगरपालिकाले उक्त अधिकारमाथि हस्तक्षेप गरेको मुगु उद्योग वाणिज्य संघका अध्यक्ष कमल बुढाले बताए। न्यायलयले व्यवसायीको पक्षमा अन्तरिम आदेश जारी गर्नु राम्रो पक्ष भएको उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.