|

काठमाडौं : नेपालस्थित पाकिस्तानी दूतावसले ४ सय विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ। बुधबार काठमाठौंमा गरिएको एक कार्यक्रममा उनीहरूलाई छात्रवृत्ति स्वरूप १० हजार रूपैयाँ हस्तान्तरण गरिएको हो।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र पाकिस्तानी राजदूत मोहम्मद अब्रर अफ्जलले संयुक्त रूपमा छात्रवृत्ति स्वरुप प्रदान गरिएको रकम हस्तान्तरण गरेका हुन्। उक्त कार्यक्रमा बोल्ने वक्ताहरूले पाकिस्तानलाई शिक्षा क्षेत्रमा सहयोग गर्न आग्रह गरेका थिए।

सोही कार्यक्रममा पशुपति माध्यमिक विद्यालय पर्वतका छात्र रमेश थापालाई स्वर्णपदक प्रदान गरिएको पाकिस्तानी दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। उनलाई सन् २०१९ का उत्कृष्ट छात्र घोषित गर्दै पुरस्कृत गरिएको पाकिस्तानी दूतावासले जनाएको छ। पाकिस्तानी दूतावासले विगत सात वर्षदेखि जेहन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.