|

मुगु : मुगुको छायानाथ रारा नगरपालिकाले गएको मसिर १ गते नगरपालिकालाई मदिरा निषेधित नगर घोषणा गरे पनि उच्च अदालत सुर्खेतले मदिरा निषेधित नगर्न अन्तरिम आदेश दिएको छ। सोमबार उच्च अदालत सुर्खेतका न्यायाधीश राकेशकुमार निधिको एक इजालासले जिल्ला अदालत जुम्लाबाट  अन्तरिम आदेश जारी गरेका हुन्।

छायानाथ रारा नगरपालिकाले गहेको मंसिर एक गतेदेखि नगरपालिकालाई मदिरा निषेधित नगरपालिका घोषणा गरको थियो। नगरपालिकाले इजाजत प्राप्त २८ जना मदिरा व्‍यवसायीको इजाजत कब्जामा लिई नगरलाई मदिरा निषेधित क्षेत्र घोषणा गरेको भए पनि उच्च अदालतले मदिरा नियन्त्रण ऐन २०३१ अनुसार इजाजत प्राप्त मदिरा बेचबिखन गर्न पाउने व्‍यवसायीको अधिकार भएको भन्दै बन्द गर्न नहुने भन्दै अन्तिरिम आदेश जारी गरेको जिल्ला अदालत जुम्लाका सुब्बा रामेश्वर न्यौपानेले जानकारी दिए।

नेपाल सरकारले नियम बनाएर मदिरा कारोबार गर्न चाहने व्यवसायीका लागि बाटो खुला गरिदिएको अवस्थामा नगरपालिकाले नेपाल सरकारको मापदण्डअनुसार इजाजत लिई व्यवसाय तथा मदिरा कारोबार गर्न पाउने अधिकारमाथि हस्तक्षेप गरेको भए पनि न्यायालयले व्यवसायीको पक्षमा अन्तरिम आदेश जारी गर्नु राम्रो पक्ष भएको मुगु उद्योग वाणिज्य संघका अध्यक्ष कमल बुढाले बताए।

नगरलाई मदिरा निषेध घोषणा गरिए पनि लुकीछिपि घरेलु तथा आयातित इजाजत प्राप्त  मदिरा महँगोमा बेचविखन भई रहेकोप्रति नगरपालिकाले बेवास्ता गरी रहेको स्थानीय नागरिकले बताउँदै आएका थिए।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.