|

जनकपुरधाम : बालबिवाह गराउन खोजेकाे आराेपमा पाँच जनालाई धनुषा प्रहरीले पक्राउ गरेको छ। जनकपुरधामस्थित जानकी मन्दिरको अधिनमा रहेको विवाह मण्डपबाट विवाह गराउन खोज्नेसहित अन्य पाँच जनालाई धनुषा प्रहरीले पक्राउ गरेको हो।

जनकपुरको जानकी मन्दिरको छेउमा रहेको रामजानकी विवाहमण्डपमा बुधबार साँझ ५० वर्षका बेहुलाले १९ वर्षीया बालिका बेहुलीसँग विवाह गरिरहेको बेला पाँचै जनालाई प्रहरीले पक्राउ गरिएको धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिए। पक्राउ पर्नेमा सिरहाको बरियारपट्टी गाउँपालिका ५ हरिपुर बस्ने जिवेन्द्र नारयाण यादवले धनुषाको औरही गाउँपालिका ३ खजनपुर बस्ने हरिनारायण यादवको १९ वर्षीया छोरी विभा कुमारीसँग विवाह गर्न लागेको थियो। सोही क्रममा बालबिवाहको सूचना पाएलगत्तै पुगेको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

बेहुलीका बुबा हरिनारायण यादव र विवाह गर्ने बेहुला जिवेन्द्र नारायण यादवसहित दुवै पक्षका ५ जनालाई प्रक्राउ गरी जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा राखिएको छ। यस विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.