|

काठमाडौं : मंगलबार साझा वातावरण विज्ञ डा. सन्तोष नेपालको नविल बैंकको खातामा २३ अर्ब ७६ करोड रुपैयाँ देखिएको विषयमा राष्ट्र बैंकले नविल बैंकको स्थलगत अध्ययन गरेको छ। नेपाल राष्ट्र बैंकको विशेष अनुगमन टोलीलले बिहीबार नविल बैंकका स्थलगत अध्ययन गरी उनको खातामा देखिएको रकमको विषयमा जानकारी लिएको हो।

‘कर्मचारीकै गल्तीका कारण सन्तोष नेपालको खातामा रकम देखिएको पाइयो’ राष्ट्र बैंकका एक अधिकारीले भने ‘यो ठूलो गल्ती हो आगामी दिनमा सचेत भएर काम गर्नका लागि निर्देशन दिएका छौँ।’

यस्तो गल्तीले जनताको ठूलो रकम फस्न सक्ने बताउँदै राष्ट्र बैंकको टोलीले विशेष सचेत हुनको लागि आग्रह गरेको छ। गत मंगलबार साँझ डा. नेपालको खातामा २३ अर्ब ७५ करोड ९५ लाख रकम देखिएको थियो। त्यसलगत्तै उनले खातामा यति ठूलो रकम कसरी आयो भन्ने विषयमा जानकारी गारएका थिए।

डा. नेपालका अनुसार तत्काल त्यससमयमा बैंकका कर्मचारीले विदेशबाट पैसा आएको भनेर जिकिर गरेका थिए। तर करिब पाँच घण्टापछि भने बैंकले सिस्टम मिलाएको थियो।

नविल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले ई बैंकिङ खातामा समस्या परेको कारण यस्तो देखिएको बताएका थिए। उनले आगमी दिनमा यस्ता त्रुटि हुन नदिने प्रतिबद्धता जनाएका छन्।

सम्बन्धित समाचारहरू :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.