|

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ। दिउँसो दुई बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्ने बैठकमा महाधिवेशनको तयारी, विभिन्न जिल्लामा एकता अधिवेशनका क्रममा देखिएको विवाद र पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल हुने नेता दीलनाथ गिरीले जानकारी दिए। 

राप्रपा नेपाल र राप्रपाबीचको पार्टी एकतापछि विभिन्न गाउँ तथा जिल्लाको एकता अधिवेशनका क्रममा केही जिल्लामा विवाद देखिएको छ। संसदीय दलका प्रमुख सचेतक समेत रहेका नेता गिरीले सरकारले सदनमा दर्ता गरेको संविधान संशोधन प्रस्ताव परिमार्जन गर्नुपर्नेमा जोड दिए। 

सोमबारको बैठकमा सरकारका निर्णयमा पार्टीको भूमिका कमजोर भएको र प्रमुख प्रतिपक्षदल नेकपा एमालेले अलोकतान्त्रिक तरिकाले सदनमा गरेको अवरोध लगायतका विषयमा समेत छलफल गरिने उनले बताए।

पार्टीको मुल सिद्धान्त अहिलेलाई हिन्दु राष्ट्र कायम गर्ने भन्नेमा विवाद नभएकाले राजतन्त्र र संघीयता लगायतका विषयमा महाधिवेशनले टुंगो लगाउने नेता गिरीले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.