|
फाइल फोटो

काठमाडौं : विद्यमान राजनीतिक गतिरोध अन्त्यका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख तीन दलको बैठक बोलाएका छन्। 

साढे ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने शीर्ष नेताहरुको बैठकमा संविधान संसोधन प्रस्ताव र स्थानीय निर्वाचनका विषयमा छलफल हुने छ। संविधान संसोधन प्रस्तावविरुद्ध आन्दोलनरत प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधका कारण संसद बैठक चल्न सकेको छैन। तर निर्वाचनको मिति घोषणा गरेर निर्वाचन सम्बन्धी कानुन ल्याउने हो भने संसद चल्न दिने संकेत एमालेले गरेकाले मंगलबार थप छलफल हुन लागेको हो। 

पुरानै संरचना अनुसार स्थानीय तहको चुनाव गर्ने तयारीमा रहेका दलहरुले संविधान संसोधन प्रस्तावलाई थाती राखेर पनि चुनावमा जान सकिने विषयमा समेत छलफल गर्नेछन्। 

यसअघि प्रधानमन्त्री प्रचण्डले गतिरोध अन्त्यका लागि राष्ट्रपति सहित कांग्रेस र एमालेका शीर्ष नेतासँग छुट्टा छुट्टै छलफल गरेका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.