|

नवलपरासी : नापी कार्यालय परासीका एकजना सर्वेक्षक २० हजार रुपैयाँ घुससहित समातिएका छन् । नापी सर्वेक्षक छत्रबहादुर ठकुल्ला २० हजार रुपैयाँ घुससहित पक्राउ परेका हुन्। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलको टोलीले उनलाई सेवाग्राहीसँग घुस लिँदा लिँदै आइतबार कार्यालयबाटै पक्राउ गरेको हो। 

अख्तियारका अनुसार बर्दघाट नगरपालिकाका सेवाग्रहीको पूर्जामा १८ धुर जग्गा नक्सामा पनि मिलाइदिने भन्दै उनले २० हजार घुस मागेका थिए। पूर्जामा रहेको जग्गालाई नक्सामा पनि क्षेत्रफल सुधार गरेर मिलाइदिने भन्दै उनले घूस लिएको खुलेको छ।

एक सेवाग्राहीको जग्गाको क्षेत्रफल सुधार गरिदिने भनी २० हजार मागेका थिए। सर्वेक्षकले घुस मागेपछि उनी अख्तियारमा गएका थिए। अख्तियारले कोड गरेर दिएको पैसा लिएर कर्मचारीलाई पैसा लिएर सेवाग्राही कर्मचारीलाई दिँदै गर्दा टोलीले पक्राउ गरेको अख्तियार कार्यालय बुटवलका सूचना अधिकृत सुरेश भुसालले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.