|

अछाम : मङ्गलसेन नगरपालिकाको गाडीमा अज्ञात समूहले आगजनी गरेको छ। नगरपालिकाको बा२ झ ३६९४ नम्बरको गाडीमा गएराति २ः१५ बजे आगजनी भएको प्रहरीले जनाएको छ। 

रातको समयमा आगजनी भएकाले गाडी पूर्णरूपमा ध्वस्त भएको छ। नगरपालिका परिसरमै पार्किङ गरी राखिएको गाडीमा आगजनी भएको खबर पाउनेबित्तिकै प्रहरी टोली परिचालन गरेर आगो नियन्त्रणमा लिइएको थियो। जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीका अनुसार गाडीमा आगजनी गर्नेको खोजी भइरहेको छ।

पार्किङ गरेर राखिएको गाडी योजनाबद्ध ढङ्गले आगजनी गरेको हुनसक्ने प्रमुख प्रशासकीय अधिकृत गणेश ढुङ्गानाले बताए। सोही ठाउँमा पार्किङमा राखिएको टिपरलगायत अन्य सरकारी गाडी केही नभएको उनले जानकारी दिए।

नगरप्रमुख पदमबहादुर बोहरा चढ्ने उक्त गाडी नगरपालिकाले करिब एक वर्षअघि एक करोड २० लाखमा खरिद गरेको थियो। गाडीमा विप्लव समूहले आगजनी गरेको हुनसक्ने आशङ्का प्रहरीले गरेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.