समाज

कञ्चनजंघा हिमाल आरोहणमा गएका दुई भारतीय पर्वतारोहीको मृत्यु
SHARES

जेठ २, २०७६

    काठमाडाैं :  कञ्चनजङ्घा हिमाल आरोहण गर्न गएका दुई भारतीय पर्वतारोहीको मृत्यु भएको छ। आरोहण गर्न गएका दुई पर्वतारोहीको मृत्यु भएको र एकजना सम्पर्कविहीन भएको पर्यटन विभागका महानिर्देशक डन्डुराज घिमिरेले पुष्टि गरे। उनले भने, ‘मलाई पनि यस्तै खबर आएको छ। आधिकारिक पुष्टिसहितको पत्र भने कम्पनीले दिएको छैन।’ उनीहरू पिक प्रमोसनबाट हिमाल आराेहणमा गएका थिए। 

    ताप्लेजुङ जिल्लाको नेपाल र भारतको सीमामा अवस्थित ८,५८६ मिटर अग्लो कञ्चनजङ्घाको शिखरमा बुधबार १० नेपालीसमेत ३६ जनाले सफल आरोहण गरेको पर्यटन विभागले जनाएको छ। पर्यटन विभागका प्रवक्ता सुरेन्द्र थापाका अनुसार सम्पर्कविहीन पर्वतारोहीको खोजी तथा मृतकहरूको शव ल्याउने प्रयास भइरहेको छ।

    दुवै शव दोस्रो शिविरमा ल्याएर त्यहाँबाट भोलिसम्म काठमाडौं  ल्याइने थापाले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]