|

भरतपुर  : भरतपुरमा उपचारका क्रममा एक कैदीको मृत्यु भएको छ। क्यान्सर रोगले पीडित बारा डुमरवाना–७ की ३५ वर्षीया सरिता थिङको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा उपचारका क्रममा शुक्रबार राति मृत्यु भएको हो।

थिङ जिउ मास्ने बेच्ने मुद्दामा १० वर्षदेखि काठमाडौं जिल्ला कारागारमा कैद सजाय भोग्दै आएकी थिइन्। ११ वर्ष जेल सजाय पाएकी थिङले १० वर्ष दुई महिना कैद भुक्तान गरेको र बाँकी १० महिना मात्र रहेको चितवन कारागारका जेलर कमलप्रसाद काफ्लेले जानकारी दिए। क्यान्सर रोगले पीडित थिङलाई १५ दिन अघि मात्र चितवन ल्याइएको उनले बताए। चितवन कारागारमा अझै आठ क्यान्सर रोगका बिरामी छन्। शव परीक्षणका लागि भरतपुर अस्पताल राखिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.