|

दाङ : घोराही उपमहानगरपालिकाले नगर भित्रका कुनै पनि होटल, पसलले खाने वस्तुलाई खुल्ला रूपमा राख्न नदिने निर्णय गरेको छ। नगरको उपभोक्ता हित संरक्षण समितिको बुधबार बसेको बैठकले खाने वस्तु खुल्ला रूपमा राख्दा स्वास्थ्यलाई प्रतिकूल असर परिरहेको भन्दै त्यसलाई रोक लगाउने निर्णय गरेको हो।

 विषेश गरी होटल, मिठाइ र मासु पसललाई कुनै पनि खाद्य वस्तु खुल्लारूपमा राख्न नदिने निर्णय गरेको नगरका उपप्रमुख एवं समितिका संयोजक सीता सिग्देल न्यौपानेले बताइन्। त्यसैगरी, दैनिक उपभोग्य वस्तुको मूल्यसूची उपभोक्ताले देख्ने गरी राख्न, म्याद गएका वस्तुहरूलाई नराख्न, फिर्ताका लागि राखिए पनि छुट्टै राख्न र दर्ता भएअनुसारको व्यवसाय मात्रै सञ्चालन गर्न व्यवसायीलाई आग्रह गरेको उपभोक्ता संरक्षण शाखाका प्रमुख होमलाल भुसालले बताए।

त्यसैगरी, व्यवसाय दर्ता र नवीकरणलाई अनिर्वाय बनाउन सबै वडामा कर्मचारी परिचालन गर्ने, बजारलाई नियमित अनुगमन गर्ने र आगामी आर्थिक वर्षका लागि उपभोक्ता संरक्षण शाखाले वार्षिक कार्ययोजना बनाउने निर्णय समेत भएको भुसालले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.