|

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले राष्ट्रिय मानवअधिकार आयोगकै मानवअधिकार हनन हुने गरी काननु बनाउन लागेको आरोप लगाएका छन्।

प्रवक्ता शर्माले राष्ट्रिय मानवअधिकार आयोगको स्वायत्तता र गरिमा नै अन्त्य हुनेगरी सरकारले सोसम्बन्धी विधेयक संसदमा पेस गरेको उल्लेख गर्दै आपत्ति पनि जनाए। शान्ति र विकासका लागि नागरिक समाजले शुक्रबार काठमाडौंमा आयोजना गरेको  कार्यक्रममा बोल्दै उनले त्यो विधेयकको सम्बन्धमा उठेका प्रश्नको जवाफ दिने क्रममा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले कानुन बनाउने काम रिटायर्ड न्यायाधिशको हो? भनी राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्मालाई प्रश्न सोधेकोमा पनि आक्रोश व्यक्त गरे।

प्रवक्ता शर्माले सरकारले बुढीगण्डकी जलविद्युत आयोजनाको निर्माण कार्य स्वदेशी आफैँले गर्ने निर्णय उल्टयाएकोमा पनि आपत्ति जनाए। राष्ट्रियताको संरक्षण, लोकतन्त्रको प्रवर्द्धन गर्न पनि सरकार सक्षम नभएको उनको दाबी छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.