|

उदयपुरः नेपाली जनताको जनताको विश्वासलाई कुठाराघात हुन नदिने गरी सरकार कामममा जुटेको महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले बताएकी छिन्। वर्तमान सरकारको अबको वर्ष जनताको स्यावासी पाउने वर्ष सुरु गर्ने गरी काम थालेको ठोकुवा गरेकी हुन्।

उदयपुरमा आयोजित प्रथम महिला भेलालाई सम्बोधन गर्दै मन्त्री थापाले भनिन्, ‘पहिलो वर्ष कानुन र संघीयताको अभ्यास, दोस्रो वर्ष पुर्नसंरचना निर्माण र तेस्रो वर्ष समृद्धिको वर्ष हुनेछ।’

नयाँ संघीयताको अभ्यासमा पहिलो र दोस्रो वर्ष बितेकाले जनताको चाहनालाई तेस्रो वर्षले समेटी स्याबासी पाउनेमा वर्तमान सरकार जुटेको उनको दावी छ। ‘कम्युनिष्ट सरकारप्रति जनताको आशा र भरौसा धेरै छ,’ उनले भनिन, ‘समान दृष्टिकोणको अभावमा महिला थप हिंसाको सिकार बन्न बाध्य भएका छन्।’

पुरातन सोच, संक्रिर्ण, कायमै भएकाले महिलाको अधिकार स्थापित गर्न दुई तिहाईको सरकार लागि परेको पनि उनले बताइन्। ‘पुरातन जीवनशैली र प्रवृतिको अन्त्यका लागि मन्त्रालयले विशेष कार्यक्रम ल्याउने तयारी गरिहेको छ’ उनले भनिनन्।

मन्त्री थापाले समृद्ध नेपाल र सुखी नेपाली बनाउने वर्तमान सरकारको परिकल्पनाको बाधक वेरोजगारी समस्या भएकाले त्यस हल गर्न पनि सरकार लागि परेको जिकिर गरिन्। सरकारबाट जारी भएका नीति तथा नीति, कार्यक्रम तथा योजनाहरुमा महिलामैत्री योजना तथा रणनीति निर्माण गरी लैगिंक समानता सुनिश्चित हुने गरी आएको पनि मन्त्री थापाको उद्घोष छ।

कार्यक्रममा पूर्वमन्त्री मन्जुकुमारी चौधरीले संबिधानले कसैलाई पनि विभेद् नगरेको बताईन्। उनले संविधानले सबैको हकअधिकार सुनिश्चित गरेकाले अब महिलाहरुले लडाइँ लडिरहनु नपर्ने ठोकुवा गरिन्। मन्त्री चौधरीले कर्तव्य गरे अधिकार सँगसँगै आउने भएकाले कर्तव्य नबिर्सन आग्रह गरिन्।

जिल्लाका १ सय ५८ जना जनप्रतिनिधि र अन्य अधिकारकर्मी गरी ४ सय जनाको सहभागिता रहेको कार्यक्रममा स्थानीय तहका महिला वडासदस्यहरुको योजना तर्जु, लैगिंकमैत्री वजेट निर्माण, समावेशीतामा महिला भेला केन्द्रित भएको आयोजकको दावी छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.