|

काठमाडौं : सरकारले सिँचाइको सम्भाव्यताका आधारमा भूमि बैंकको स्थापना गर्ने बताएको छ। बुधबार संघीय संसदको बैठकमा २०७६/०७७को बजेट पेस गर्दै अर्थमन्त्री युवराज खतिवडाले यस्तो बताएका हुन्।   'भूमि तथा व्यवस्था भूमिलाई अवस्थिति, सिँचाइको सम्भाव्यताका आधारमा वर्गीकरण गरेर भूमि बैंकको स्थापना गरिनेछ।' बजेट भाषणका क्रममा अर्थमन्त्री खतिवडाले भने।

जग्गा भाडामा उपलब्ध गराइनुका साथै कमैया र हलियाको बसोबासको व्यवस्था गरिने र आगामी वर्ष पूर्णसम्पन्न गरिनेछ आगामी २ वर्षभित्र सबै कृषि जमिनको अभिलेख र धनीपूर्जा विद्युतीय बनाइनेछ। ‘आधुनिक जग्गा प्रशासन, पारदर्शिता र सुशासन’ भन्ने नाराका साथ भूसूचनाको व्यवस्था गर्ने पनि बजेटमा भनिएको छ। भूसूचनाको व्यवस्थासहित भूमि तथा व्यवस्थालाई ७ अर्ब ५९ करोड रुपैयाँ विनियोजन गरेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.