काठमाडौं : सरकारले प्रदेशस्तरीय सुविधासम्पन्न रंगशाला बनाउने भएको छ। अर्थमन्त्री युवराज खतिवडाले बुधबार संघीय संसदको संयुक्त बैठकमा आगामी बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन्।
उनले सरकारले स्थानीय तहमा खेलग्राम निर्माण गर्ने योजना अगाडि सारेको बताए। त्यस्तै, मुलपानीमा निर्माणाधीन रंगशाला बनाउन १० करोड विनियोजना गरिएको छ। क्रिकेट खेलका लागि क्रिकेट एकाडेमी स्थापना गरिनेछ।
सरकारले युवा तथा खेलकुद क्षेत्रमा ३ अर्ब ९९ करोड रुपैयाँ विनियोजना गरेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।