युवा तथा खेलकुद क्षेत्रमा ३ अर्ब ९९ करोड

|

काठमाडौं : सरकारले सबै प्रदेशमा प्रदेशसँगको सह लगानीमा प्रदेशस्तरीय सुविधासम्पन्न रंगशाला बनाउने भएको छ। प्रदेश तथा स्थानीय तहको सहलगानीमा सबै स्थानीय तहहरूमा खेलग्रामको विकास गर्न सरकारले  ४० करोड विनीयोजन गरेको छ।

बुधबार संघीय संसदमा अर्थमन्त्री युवराज खतिवडाले आगामी वर्षको वजेट पेस गर्दै काठमाण्डौंको मूलपानीमा निर्माणाधीन अन्तर्राष्ट्रिय क्रिकेट मैदान दुई वर्षभित्र सम्पन्न गर्न १० करोड विनीयोजन गरेको सुनाए।

बजेट कार्यक्रममा निजी क्षेत्रको अग्रसरतामा हुने क्रिकेट तथा खेल मैदानहरुको निर्माण कार्यलाई सरकारले प्रोत्साहन गर्ने, क्रिकेट खेलको विकास लागि क्रिकेट एकेडेमी स्थापना गरिनेछ उल्लेख छ। १३ औं दक्षिण एसियाली खेलकुदको पूर्वाधार विकासका लागि तथा नवौं राष्यिट्रय खेलकुद प्रतियोगिताका लागि आवश्यक रकम विनियोजन गरिएको छ। युवा तथा खेलकुद क्षेत्रमा ३ अर्ब ९९ करोड विनीयोजन गरिएको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.