|

काठमाडौं : अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७६/७७ को आय व्ययको विवरण (बजेट) प्रस्तुत गरेका छन्। 

मन्त्री खतिवडाले बुधबार अपराह्न ४ बजेदेखि सदनको संयुक्त बैठकमा बजेट प्रस्तुत गरेका थिए।

सरकारले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाखको बजेट प्रस्तुत गरेको हो।

कुल विनियोजन मध्ये चालु तर्फ ९ खर्ब ५७ अर्ब १० करोड १४ लाख अर्थात् ६२ दशमलव ४ प्रतिशत, पूँजीगत तर्फ ४ खर्ब ८ अर्ब ५९ लाख अर्थात् २६ दशमलब ६ प्रतिशत र वित्तीय व्यवस्थापन तर्फ १ खर्ब ६७ अर्ब ८५ करोड ९८ लाख अर्थात् ११ प्रतिशत रहेको छ।

मन्त्री खतिवडा बजेटको ब्रिफकेस बोकेर संसद प्रवेश गरेदेखि प्रस्तुत गर्दासम्मका दृश्यः


पूर्वसभामुख तथा नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ

कांग्रेस सांसद तथा उसले गठन गरेको छायाँ सरकारका 'अर्थमन्त्री' मिनेन्द्र रिजाल र पूर्वसभामुख तथा नेकपा सांसद ओनसरी घर्ती

नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल

राजपाका नेताद्वय महेन्द्रराय यादव र महन्थ ठाकुर

पूर्वअर्थमन्त्री तथा कांग्रेस सांसद ज्ञानेन्द्रबहादुर कार्की

प्रमुख प्रतिपक्षी दलका नेता तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा

सांसद तथा उद्योगी विनोद चौधरी, सांसद प्रदीप गिरि, अमरेशकुमार सिंह र नेकपा सांसद भीमबहादुर रावल

नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सांसद नीरुदेवी पाल

प्रधानमन्त्री केपी शर्मा ओली

गृहमन्त्री रामबहादुर थापा बादल

संसद भवनको मूलद्वारमा अर्थमन्त्रीलाई कुर्दै प्रधानमन्त्री

ब्रिफकेस बोकेका अर्थमन्त्री डा. युवराज खतिवडा

प्रधानमन्त्री, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र अर्थमन्त्री

संसदको संयुक्त बैठकमा राष्ट्रियगानमा सहभागी हुँदै

बजेट प्रस्तुत गर्न रोष्ट्रममा जाँदै अर्थमन्त्री

बजेट प्रस्ततु गर्दै अर्थमन्त्री

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.