|

काठमाडौं : राज्य व्यवस्था समितिको बैठक बिना निष्कर्ष स्थगित भएको छ। शुक्रबार बसेको राज्य व्यवस्था समितिको बैठकमा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित नआएपछि बैठक स्थगित भएको हो। 

मन्त्री नआएपछि समितिका सांसदहरूले आपत्ति जनाएका थिए। समितिमा लोकसेवा आयोगको विज्ञापनमाछि छलफलका लागि मन्त्रीसहित सामान्य प्रशासन मन्त्रालयका सचिवलाई समेत डाकिएको थियो।

मन्त्री उपत्यका बाहिर भएपछि बैठकमा उपस्थित हुन नसकेको बताइएको छ।  राज्य व्यवस्था समितिका सदस्य  राजेन्द्र महतोले मन्त्री नआएसम्म कुनै छलफल हुन नसक्ने बताएका थिए।

त्यस्तै अर्का सदस्य अमरेशकुमार सिंहले मन्त्री कतिबेला मन्त्री आउछन् भनेर कुर्न नसकिने बताए। त्यस्तै सत्तारुढ दलका सांसद जनार्दन शर्मालै मन्त्रीलाई बोलाएर निर्णय गर्नु पर्ने बताएका थिए। मन्त्रीलाई बाेलाएर साँझ ५ बजे अर्को बैठक बस्ने छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.