रुकुम : गाउँको सांस्कृतिक गतिविधि फरक र विविधतापूर्ण छ। चाडपर्व तथा मेला महोत्सवहरूमा सहर बजारको जस्तो साउण्ड सिस्टमबाट गीत बजाउने चलनले अझै पूर्णरूपमा मिचिसकेको छैन। तर, यदाकता त्यस्तो गतिविधि हुन सुरु नभएको भने होइन। तर, मेला महोत्सवहरूमा जिल्लाका चर्चित सांस्कृतिक प्रस्तुतिहरू भनेका मयूर र पैँसेरी नाँच हुन्।
त्यसबाहेक ठाउँअनुसार विभिन्न अन्य सांस्कृतिक झाँकीहरू प्रस्तुत हुने गरेका छन्। जसमा केही वर्ष अघिसम्म पुरुषहरूको नै वर्चस्व हुने थियो। तर, हिजोआज त्यस्ता सांस्कृतिक प्रस्तुतिहरूमा महिलाहरूको समान सहभागितादेखि महिलाहरू एक्लै पनि त्यस्ता सांस्कृतिक प्रस्तुतिहरु प्रस्तुत गर्न थालेका छन्।
रुकुमपूर्व र पश्चिम दुवै जिल्लाका महिलाहरू सांस्कृतिक समूह तथा क्लब गठन गरेर मेला महोत्सवहरूमा पुरुषहरूजत्तिकै प्रस्तुति देखाउने गर्छन्।
मयूर नाचलाई गरुवा नाँच पनि भनिन्छ। यस नाचमा मयूरको प्वाँख बोकेर माथि कालो स्टकोट तल सेतो धरो अनि कम्मरमा पटुकी बाँधेर पुरुषहरु नाच्छन् भने महिलाहरू माथि मखमलको चौबन्दी चोली, तल लुंगी र कम्मरमा पटुकी बाँधेर नाच्ने गर्छन्। त्यसबाहेक नाँच्दा सहयोगी हुने अन्य पोसाकहरू पनि लगाइन्छ। हेर्नुहोस्
मयूर नाचमा केही दृश्य झलक :
तपाईंको ईमेल गोप्य राखिनेछ ।