रुकुम : फूल देखेपछि सबैको मनै फुरुक्क हुन्छ। चुमौँचुमौँ र शिरमा शिउरिदिऊँ कि भन्ने मात्र लाग्दैन फूलको वरिपरि डुलिरहेका माहुरी पुतलीको दृष्य अवलोकन गरिरहूँ पनि लाग्छ। कार्यालय, घर तथा अन्य फनपार्कहरूमा सुन्दर वातावरण बनाउन पछिल्लो समय फूलखेती बढेको पाइन्छ।
बेमौसमी र रंगीचंगी फूलहरूले त्यहाँ पुग्ने जोकोहीको ध्यान तान्छ। खेती गरेर आफ्नो घर, विद्यालय, कार्यालय र अन्य स्थानहरूमा फूल्ने फूलहरूको छुट्टै कुरा रुकुमपूर्व र पश्चिमका जंगलहरूमा प्राकृतिकरूपमै फूल्ने फूलहरूले यात्राका क्रममा सबैको मनमा उमंग छाइदिन्छ।
क्यामेरा, मोबाइल भएकाहरू फूलतिर गएर सेल्फी लिन र त्यस्ता साधन नहुनेहरूको पनि आँखा फूलमा डुल्ने गर्छन्। रुकुम पश्चिमको तुलनामा रुकुम पूर्वमा यस्ता प्राकृतिक फूलहरू बढी फूल्छन्। रुकुमपूर्व र पश्चिममा प्राकृतिकरुपमा फूलेका केही फूलहरू :
तपाईंको ईमेल गोप्य राखिनेछ ।