|
Photo : AP

टर्कीमा एक प्रहरीले टर्कीका लागि रुसका राजदूत एन्ड्रे कार्लोफलाई गोली हानी हत्या गरेका छन्। 

राजधानी अंकारामा एक आर्ट ग्यालरीमा भएको प्रदर्शनीमा भाषण गर्नका लागि उठेका एन्ड्रे कार्लोफमाथि २२ वर्षका मेवलुत मेर्त एडिन्टासले गोली प्रहार गरेका थिए। मेवलुत अंकारामा दंगा विरोधी प्रहरीका सदस्य रहेको टर्की अधिकारीले पुष्टी गरेका छन्। 

टर्कीको सञ्चारमाध्यमका अनुसार आक्रमणकारी मेवलुतलाई प्रहरीले गोली हानी मारेको छ। 

सिरियामा भइरहेको युद्धमा रुसले सिरियाली राष्ट्रपति बशर अल असदको समर्थन गरेको विरोधमा हालै टर्कीमा विरोध भएको थियो। 

टर्कीका राष्ट्रपति रेचेप तैयप अर्दोआनले आक्रमण रुस र टर्कीको सम्बन्ध बिगार्ने नियतले भएको बताएका छन्। उनले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई फोन गरेर यस आक्रमणका विषयमा कुराकानी गरेका थिए। 

फोनमा भएको कुराकानीका क्रममा उनले रुस र टर्कीको सम्बन्ध बिगार्न चाहने कसैको पनि योजना सफल नहुने बताएका छन्। जवाफमा रुसका राष्ट्रपति पुटिनले यो आक्रमण टर्की र रुसबीचको द्वीपक्षी सम्बन्ध र सिरियाको शान्ति प्रक्रिया पक्रियामा अवरोध सिर्जना गर्न गरिएको बताएको बीबीसीले जनाएको छ। 

गोली लागेर घाइते भएका कार्लोफलाई अस्पतालमा भर्ना गरिएको थियो। रुसको एक टेलिभिजनलाई उदृत गर्दै बीबीसीले राजधानी अंकारामा एक प्रदर्शनमा भाग लिन पुगेका कार्लोफमाथि गोली प्रहार गरिएको उल्लेख गरेको छ। रिपोर्टका अनुसार कार्लोफले भाषण गरिरहेको अवस्थामा बन्दुकधारीले सिरियाको अलेप्पो शहरको बारेमा नारा लगाउँदै गोली चलाउन सुरु गरेको थियो। 

बन्दुकधारीले गोली चलाउँदा भनेका थिए, 'अलेप्पो नभुल, सीरिया नभूल।' बन्दुकधारीले 'अल्लाह-अकबर'को नारा पनि लगाएको बीबीसीले आफ्नो समाचारमा उल्लेख गरेको छ।

रिपोर्ट अनुसार बन्दुकधारीले आर्ट ग्यालरीमा प्रवेश गर्नका लागि प्रहरीको परिचयपत्र प्रयोग गरेका थिए। 

उक्त आक्रमणमा अन्य केहि मानिस पनि घाइते भएका छन्। घटनाको भिडियो फुटेजका अनुसार कार्लोफ भाषण गरिरहेको अवस्थामा गोली चल्न सुरु भएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.