|

काठमाडौं : काठमाडौं महानगरपालिकाले विभिन्न समयमा सडक छेउबाट लिएको सामान फुटपाथ व्यापारीबाट खोसेका सामान लिलाम गर्ने भएको छ। सडकमा बसेर व्यापार गरिरहेका व्यापारीहरूबाट सामान जफत गरेको थियो।

महानगरपालिकाले पछिल्लो ६ महिनायता जफत गरेका सामान १५ लाख रूपैयाँ बराबरको सामान रहेको छ।  दोस्रोपटक लिलामी गर्ने  तयारी गरेको महानगर स्रोतले जनाएको छ।

महानगरका नगर प्रहरीले धेरै पहिलादेखि नै फुटपाथ व्यापारीका सामान खोस्ने गरेको नगर प्रहरी प्रमुख धनपती सापकोटाले बताए। सडकबाट जफत गरिएका सामान १५ सय रुपैयाँ जरिमाना तिरे फुटपाथ व्यापारीले फिर्ता पाउँथे।

केही समयअघि महानगरको कार्यपालिकाले सामान फिर्ता नगर्ने बरू लिलामी गर्ने निर्णय गरेको महानगरपालिकाको प्रवक्ता ईश्वरमान डंगोलले बताए। फुटपाथ व्यवसायले सडकमा जोखिम र आवागमनमा समस्या आएको उनको भनाइ छ। जरिवाना तिरेर गए पनि  पुनः अर्को दिन व्यापारी सडकमा आइहाल्ने भएकाले रोकथामका लागि यस्तो कदम चाल्नुपरेको उनले स्पष्टीकरण दिए। सामानको प्रकृतिअनुसार जरिवाना तोकिने गरेको उनले जानकारी दिए।

प्रवक्ता डंगोलका अनुसार अहिलेसम्ममा महानगरले पहिलो लटमा ५ लाख ७ हजार रुपैयाँको सामान लिलाम गरिसकेको छ। उनले अगाडि भने, '१५ लाख रूपैयाँबराबरका सामान लिलामी गर्ने पक्रिया अघि बढाइएको छ।' 

केहीले महानगरपालिकाको आँखा छली व्यवसाय गर्ने गरेकाले अचेल फाट्टफुट्ट मात्रै  सामान जफत हुने गरेको डंगोलले बताए। रातको समयमा रत्नपार्क र वीर अस्पतालअगाडि पसल सञ्चालन गरिरहेका छन। डंगोलले भने, 'उनीहरूलाई फुटपाथमा नै  व्यवसाय गर्न दिनुपर्नछ भन्ने छैन। कस्तो स्थानमा दिने र कुन समयमा उनीहरूलाई बजार सञ्चालन गर्न दिने त्यसको निर्णय भएको छैन।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.