|

काठमाडौं :  सुनको भाउ दैनिक एक हजारले बढ्दै गएको छ। बिहीबार प्रतितोला ६४ हजारमा कारोबार भएको छापावाल सूनको मुल्य आज एक हजारले बढेर ६५ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै तेजावी सुनकाे मूल्य ६४ हजार ७ सय पुगेकाे छ। 

बुधबार ६३ हजारमा काराेबार भएकाे सुन बिहीबार एक हजारले बढेर ६४ हजारमा काराेबार भएकाे थियाे।  अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेकाले त्यसको प्रभाव नेपालमा परेको हो। हिजो ६४ हजारमा कारोबार  भएको  छापावाल सुन १ हजार बढेर ६५ हजार निर्धारण भएको महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताए।

यो हाल सम्मै उच्च मूल्य हो। चीन र अमेरिकाको व्यापार युद्धले सुन बजारमा प्रभावित भएको महासंघको भनाइ छ। यसअघि २०७० भदौ १२ गते सुनको भाउ तोलामै ऐतिहासिक ३ हजार ४ सय रुपैयाँले बढेर ६३ हजार ३ सय रुपैयाँ पुगेको थियो। मूल्य घटबढ हुँदै २०७५ फागुन ८ गते पुनः ६३ हजार ३ सय रुपैयाँमा पुगेको थियो। अहिले भने रेकर्ड नै भएको महासंघले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.