|

अर्घाखाँची : गुडिरहेको मोटरसाइकलबाट खसेर शनिबार अर्घाखाँचीमा एकजनाको मृत्यु भएको छ।

गुडिरहेको लु३६प ६९८० नम्बरको मोटरसाइकलबाट खसेर अर्घाखाँची पाणिनी गाउँपालिका-३ निवासी ४२ वर्षीय सुशीला आचार्यको मृत्यु भएको प्रहरीले जनाएको छ।

बाटोमा पैदल हिँडिरहेको देखेपछि पछाडि बसालेर गुडिरहेको मोटरसाइकलबाट  एक्कासि बाटोमा खसेर घाइते भएकी सुशीलाको उपचारको क्रममा मिसन अस्पताल पाल्पामा निधन भएको हो। मोटरसाइकल र चालकलाई जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले नियन्त्रणमा लिएको बताईएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.