|

चौतारा : क्याम्पस सञ्चालक समितिले शुल्क वृद्धि गरेको विरोधमा  चौतारा बहुमुखी क्याम्पसका विद्यार्थीहरु आन्दोलित भएका छन्। 

विद्यार्थी र अभिभावकहरुलाई जानकारी नगराई सञ्चालक समितिले एकलौटी रुपले गरेको शुल्क वृद्धि गरेको उनीहरुको आरोप छ। 

क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले आज बिहान कालो पट्टी बाँधेर अध्ययन गरे। उनीहरुले भोली क्याम्पसको लेखाशाखामा तालाबन्दी गर्ने चेतावनी दिएका छन्।
शुल्क वृद्धिको निर्णय खारेज नभएसम्म स्नातक तह पहिलो वर्षका विद्यार्थीले भर्ना नगर्ने जनाएका छन्। क्याम्पस सञ्चालक समितिले भौतिक शुल्कको बहाना बनाउँदै यसै शैक्षिक सत्रबाट लागू हुनेगरी एकैचोटी १ हजार ५ सय बनाएको छ। यसअघि यो शिर्षकमा क्यापसले कुनै शुल्क लिने गरेको थिएन।

शुल्क वृद्धिमा विद्यार्थी आन्दोलित भएपछि क्याम्पस सञ्चालक समितिले पहिलाको ऋण भएको बहाना बनाएको छ। ‘क्याम्पसमा आर्थिक भार थपिएकाले समितिले भौतिक शुल्क राखेको हो,’ क्याम्पस प्रमुख नगेन्द्रप्रसाद दंगालले भने, ‘विद्यार्थीको सुविधाकै लागि यस्तो गरिएको हो।’ 

विद्यार्थीहरुले आफुखुसी शुल्क बढाउनु नियमसंगत नभएको बताएका छन्। ‘क्याम्पस पहिलाको ऋणको भार हामीबाट किन सञ्चालक समितीले उठाउन खोज्दै छ?’ प्रथम बर्ष अध्ययनरत विद्यार्थी सन्तोष तामाङले भने,‘शुल्क नघटाएसम्म हामी भर्ना गर्दैनौँ, आफुखुसी बढाएको शुल्क मान्य हुदैन।’  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.