|
file Photo

धनगढी : लागुऔषध ओसार पसारमा पक्राउ परेका एक अभियुक्त हतकडीसहित फरार भएका छन्। टीकापुरबाट म्याद थप गर्न जिल्ला अदालत ल्याइएका विक्रम चौधरी सरकारी वकिल कार्यालय परिसरबाट फरार भएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय टीकापुरका हवलदार रामबहादुर कार्कीले चौधरीलाई म्याद थप गर्न धनगढी ल्याएका थिए।

हाल फरार रहेका चौधरीलाई मंगलबार खक्रौला नाकाबाट एक ग्राम लागुऔषध ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेको थियो। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्तासमेत रहेका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले फरार अभियुक्तको खोजीकार्य तीब्र पारिएको जानकारी दिए।

यसअघि पनि पटकपटक जिल्ला अदालत ल्याइएका अभियुक्त फरार हुने गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.