|

मुगु : विगत तीनदेखि कर्णालीका जिल्लामा हुने नियमित उडान ठप्प भएको छ। केहि दिनदेखिको लगातार वर्षा, हुस्सु र खराब मौसमका कारण कणार्लीमा हवाई सेवा ठप्प भएको हो। लगातारको पानी र खराब मौसमका कारण कर्णालीमा रहेका विमानस्थल बन्द भएका छन्।

विमान सेवा ठप्प भएपछि सर्वसाधारण विमानस्थलमा अलपत्र परेका छन्। नेपालगञ्जबाट मुगु, जुम्ला, हुम्ला, डोल्पा र रुकुममा दैनिक उडान हुने गरेकोमा खराब मौसमका कारण उडान प्रभावित भएको एयर ट्राफिक कन्ट्रोल नेपालगञ्जले जनाएको छ।

पछिल्लोपटक शनिबार मात्र सीता एयरले हुम्लामा दुई उडान गरेको र अन्य जिल्लामा तीन दिनदेखि हवाई सेवा ठप्प नै रहेको नागरिक उड्यन प्राविधिकरण नेपालगञ्जका उपप्रबन्धक विष्णु अधिकारीले जानकारी दिए। उनले भने 'मौसममा सुधार नभएसम्म उडान गर्न नसकिने अवस्था देखिन्छ।'

खराब मौसम, निरन्तरको पानीले तीन दिनदेखि रारालगायतका विमानस्थल बन्द भएको सीता एयरका स्टेशन ईन्चार्ज शिवराज भामले बताए। कर्णाली क्षेत्रका लागि नेपालगञ्जबाट सीता, तारा, गोमा, नेपाल एयरलाइन्स लगायतका सरकारी तथा नीजि विमान कम्पनीले सेवा दिँदै आएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.