स्वास्थ्य चौकीमा उपचार हुँदै

|

हुम्ला : चार दिनदेखि हराएका इन्जिनियर वशन्त रावत भेटाएका छन्। रावत अदचुली गाउँपालिका-५ को मेलचौर भन्ने स्थानमा सकुशल भेटिएका हुन्।

खोजीमा गएका सिमकोट गाउँपालिका उपाध्यक्ष वली रावतका अनुसार इन्जिनियर रावत मेलचौरमा रहेको ओढारमा बसिररहेको अवस्थामा भेटिएका हुन्। रावतलाई उपचारको लागि श्रीनगर स्वाथ्य चौकीमा पठाइएको उनले बताए। इन्जिनियर रावतलाई 'डिप्रेशन'को समस्या हुन सक्ने स्वाथ्यकर्मीलाई उद्धृत् गर्दे उपाध्यक्ष रावतले बताए।

खाद्यान्न कार्यक्रमका लागि फिल्डमा खटिएका इन्जिनियर रावत आइतबार बिहान श्रीनगरबाट हराएका थिए। बिहान चिया खाएर घरबाट बाहिर एक्कासी निस्किएका रावत बेलुकीसम्म कोठा नफर्किएपछि उनको खोजी सुरु भएको थियो।

उनी बुधबार दिउँसो १२ बजेतिर भेटिएको इन्जिनियर रावतका दाइ ज्ञानेन्द्र रावतले बताए। रावत सिमकोट गाउँपालिका वडा-६ निवासी जिल्ला समन्वय समितिका हुम्लाका प्रमुख दानबहादुर रावतका माहिला छोरा हुन्। रावत भेटिएपछि स्वास्थ्य चौकीमा सामान्य उपचार गराएर बुधबार नै सदरमुकाम सिमकोट फर्कने तयारी गरेको उनीको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.