|

कञ्चनपुर : भीमदत्त नगरपालिका–१ का वडा अध्यक्ष आसेफ कुवँरले दुई वर्षदेखि आफ्नो तलब भत्ताको रकम जेष्ठ नागरिक र पूर्ण अपांगता भएका व्यक्तिलाई वितरण गर्दै आएका छन् । 

वडाअध्यक्ष कुवँरले घरमै पुगेर आफ्नो तलब भत्ताको रकम वितरण गर्दै आएका हुन् । नगरपालिका बाट प्राप्तहुने तलव भत्ताको रकम नलिने घोषणा गरेका कुवँरले जेष्ठ नागरिक र पूर्ण अपांगता भएकालाई वितरण गर्न थालेका हुन्।

‘पाँच वर्षे कार्यकालको तलब भत्ताको सबै रकम जेष्ठ नागरिक र पूर्ण अपांगता भएका व्यक्तिहरुलाई दिने मेरो प्रतिवद्धता हो’, वडा अध्यक्ष कुवँरले भने, ‘त्यही अनुसार प्रतिवर्ष वितरण गर्दै आएको छु । नगरपालिकामा म जनताको सेवक बनेर आएको हुँ । त्यही अनुरुप सबैको सम्मान हुने काम गर्छु ।’ 

जेष्ठ नागरिक र पूर्ण अपांगता भएका व्यक्तिहरुलाई उनले एक हजार पाँच सयका दरले रकम वितरण गर्दै आएका छन । आइतवार १५० जना जेष्ठनागरिक र पूर्ण अपांगता भएका व्यक्तिलाई भत्ताको दुई लाख ६२ हजार रकम वितरण गरिएको छ ।

स्थानीय तहको निर्वाचनकै बेला कुवँरले नगरपालिकाबाट पाउने तलब भत्ताको रकम  जेष्ठ नागरिक र  अपांगता भएका व्यक्तिलाई दिने घोषणा गरेका थिए । 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.