'प्रधानमन्त्रीलाई काम गर्न नसकेको महुसस भए मन्त्री पद छाड्छु'

|

काठमाडौं : नवनियुक्त संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले आफूले काम गर्न नसकेको कुरा प्रधानमन्त्री केपी शर्मा ओलीलाई महुसस भए आफैँ मन्त्री पद त्याग्न बताएका छ्न। 

मदननगर बल्खुस्थित तत्कालीन नेकपा एमालेको केन्द्रीय कार्यालय परिसरमा पुगेर मदन भण्डारीको शालिकमा माल्यार्पण गरिसकेपछि मन्त्री भट्टराईले आफ्नो वास्तविक परीक्षा सुरु भएको बताउँदै यसमा खरो उत्रिने प्रतिवद्धता गरे। 

‘म प्रधानमन्त्रीको आलोचक पनि हुँ र सबैभन्दा कठोर समर्थक पनि हुँ । अब म प्रधानमन्त्रीसँग करार सम्झौता गर्छु’, उनले भने, ‘मेरो सबैभन्दा ठुलो करार सम्झौता यही हुनेछ जुन दिन मैले काम गर्न सकिन र असफल भएँ भन्ने प्रधानामन्त्रीलाई महसुस भएर उहाँले भन्नेबित्तिकै म पछाडि हट्छु।’

बल्खुमा पनि योगेशले तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीलाई सम्झिए । ‘पद बहाल गर्ने क्षणमा तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीलाई सम्झिएको थिएँ, आज पनि सम्झिन्छु’, उनले भने, ‘उहाँले मन्त्रालयको कामलाई जुन उचाईमा पु¥याउनु भएको छ, म त्यसलाई अझै उचाईमा लैजाने गरी काम गर्छु।’

आफूलाई प्रधानमन्त्रीले विश्वास गरेर यो पद दिएको बताउँदै भट्टराईले जनताबाट पाएको बधाई आफ्ना लागि सबैभन्दा ठूलो चुनौती भएको उल्लेख गरे। ‘प्रधानमन्त्री केपी ओलीले मलाई जुन विश्वास गरेर मलाई यो ठाउँ दिनु भएको छ उहाँको विश्वासलाई कुठाराघात हुन दिन्न’, उनले भने, ‘आमनेपाली जनताले मलाई धेरै ठूलो बधाई दिएका छन्। त्यो बधाई मेरो लागि निकै ठुलो चुनौती हो। ती चुनौतीलाई सामना गर्दै अगाडि बढ्नु मेरो दायित्व हुनेछ।’

उनले बल्खुमा ताप्लेजुङका जनतालाई पनि सम्झिए। ‘म ताप्लेजुङका नागरिकलाई जहिले सम्झिन्छु। एउटा अस्वभाविक बाटोबाट म यहाँ आएको छु। त्यसलाई स्वभाविक बाटोमा लैजान्छु’, उनले भने, ‘केही दिनपछि सम्पूर्ण सञ्चारकर्मीलाई मेरो मन्त्रालयका काम कारबाही र विवादास्पद विषयमा आम बताउँछु।’

५ महिना मन्त्रालय खाली हुँदा केही गतिरोध आएको उनको बुझाइ थियो। ‘५ महिन मन्त्रालय खाली जस्तो छ। प्रमले त्यो मन्त्रालय पनि हेरिरहनु भएको थियो । मन्त्रालले गर्नुपर्ने काम पेन्डिङमा होलान्, तिनलाई द्रुत गतिमा अघि बढाउँछु’, उनले भने, ‘भ्रमण वर्ष ढोकै अगाडिको चुनौती हो। तर सम्भव भएकै भएर घोषण भएको छ । स्पिड अप गरेर लैजान्छौँ, हामी सफल हुन्छौँ। नेपाललाई विश्वकै प्रमुख पर्यटकीय गन्त्ब्य बनाउँछौँ।’ 

मन्त्री भट्टराईले गौतम बुद्ध विमानस्थल स्थल र पोखरा विमास्थललाई भ्रमण वर्षकै आसपासमा अप्रेशनमा ल्याउने बाचा गरे। ‘निजगढको विमानस्थल सबै दल र जनतासँग जुटाएर बनाउँछौँ । यो मन्त्रालयबाट सांस्कृतिक धरोहरलाई जगेर्णा गछौँ’, भट्टराईले भने, ‘एकीकृत योजनावद्ध ढंगले अगाडि बढाउने हाम्रो योजना छ। सुखी नेपाली समृद्ध नेपालको नारालाई साथ दिने र त्यो नारा सार्थक बनाउँदै पयर्टन प्रवद्र्धनको माध्यमबाट नेपालको अर्थतन्त्रलाई मजबुत बनाउने दिशामा हामी जान्छौँ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.